दल

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको बैठक बस्दै

इकागज |
फागुन १, २०७९ सोमवार ९:५ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको आज संसदीय दल र केन्द्रिय समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बारेमा टुंगो लगाउनेछ । यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर नागरिकता विवादका कारण अदालतले सांसदबाट निलम्वित हुने फैसला गरेसँगै सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।



Author

थप समाचार
x