दल

गगन-विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्‍न

'जनयुद्ध दिवसमा बिदा दिएकोबारे कांग्रेसको धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?'

इकागज |
फागुन १, २०७९ सोमबार १०:३६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले वृहत् शान्ति सम्झौता र नेपालको संविधानको मर्मविपरीत सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको टिप्पणी गरेका छन् । सामाजिक सन्जालमार्फत् उनले जनयुद्धमा दिइएको बिदाबारे कांग्रेसको धारणासमेत माग गरेका छन् । 

सरकरले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । 


'एमालको दर्हो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित "जनयुद्ध दिवस" बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,' उनको प्रश्‍न छ । 


Author

थप समाचार
x