दल

राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जान्छौं : रास्वपा सचेतक

इकागज |
फागुन १, २०७९ सोमबार १४:२७ बजे

भक्तपुर- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका ​छन् ।​

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै परियारले सरकार गठनका बेला भएको सहमति कार्यान्वयन भए तत्काल सरकारमा जाने बताएका हुन् । राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरूप सत्ता गठबन्धनबाटै चयन हुने उनले जिकिर गरे ।


उनले विगतका राष्ट्रपतिहरू कुनै न कुनै विवादमा तानिएको बताउँदै अब निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने सक्ने व्यक्ति राष्ट्रपति चयन गर्नुपर्ने उल्लेख गरे ।

परियारले अहिले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ लैजाने खेलमा रास्वपा नलाग्ने धारणा राखे । उनले वैशाख २ गते चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने र लामिछानेले भारी मतले विजयी हुने दाबी गरे ।​

उनले आफ्नो पार्टीको वैचारिक लाइन लोकतन्त्र, सामाजिक न्याय र समावेशिता रहेको बताउँदै आगामी महाधिवेशनमा यही विषय दस्ताबेजमा समेटिने बताए ।


Author

थप समाचार
x