दल

नेकपा बहुमतले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको छ :  धमेन्द्र बास्तोला

इकागज |
फागुन १, २०७९ सोमवार १६:१ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलाले नयाँ प्रकारको जनयुद्धको तयारी गरिरहेको बताएका छन् । 

जनयुद्ध दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बास्तोलाले यसअघि जंगलमा गएर जनयुद्ध गरेको र अब सडकबाट खुल्ला रुपमा जनयुद्ध गरेर नयाँ परिवर्तन स्थापित गर्ने बताएका हुन् । नयाँ प्रकारको जनयुद्धबाटै नया समाज स्थापित गर्ने उनले बताए । 


उनले मुलुकलाई परिवर्तन गर्नका लागि क्रान्तिकारीबीच एकताको अभियान चलाएको जानकारी दिए । बास्तोलाले अव नेपालको कम्युनिष्ट आन्दोलनमा टुटफुटको श्रृखलालाई अन्त्य गर्दै कम्युनिष्ट ध्रुवीकरणको वातावरण बन्दै गएको धारणा राखे । अहिले प्रचण्ड बाबुराम लगायतका नेताहरूमा देखिएको समस्याका कारण माओवादप्रति प्रश्न उठ्ने गरेपनि अहिले पनि माओवाद जिवित रहेको उनले बताए । 

कार्यक्रममा नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले पार्टी भित्र मुलुक रुपान्तरणको नयाँ विचारको थालनी भइसकेको भन्दै यसलाई निष्कर्षमा पुर्‍याउने बताए ।  


((


Author

थप समाचार
x