दल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत प्रस्थान

इकागज |
फागुन ४, २०७९ बिहीबार १३:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी का सम्मानित नेता झलनाथ खनाल भारत प्रस्थान गरेका छन् । 

एकीकृत समाजवादीका विदेश विभाग प्रमुखसमेत रहेका खनालले भारत भ्रमणका क्रममा त्यहाँका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 


भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनावादी) लिबरेसन पार्टीको ११ औं अखिल भारतीय महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन भारत प्रस्थान गरेका खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । 

बिहीबार खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार, पार्टी उपाध्यक्ष प्रमेश हमाल र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा पनि भारत गएका छन् । 
 


Author

थप समाचार
x