दल

लोकप्रिय नाराले मात्रै देश चल्दैन : प्रकाशमान सिंह

इकागज |
फागुन ४, २०७९ बिहीबार १८:९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय नाराले मात्रै देश चलाउन नसकिने बताएका छन् ।

विजय स्मारक माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेस, एमाले लगायत पुराना दललाई समेत सरकार चलाउन मुस्किल परिरहेका बेला लोकप्रिय नारा लिएर आउने पार्टीले देश चलाउन नसक्ने बताएका हुन् ।


उनले लोकप्रिय नारा दिएर सत्तामा पुगेपछि के हुन्छ भन्ने यसपटक देखिएको धारणा राखे । राजनीति लगायत जुनसुकै क्षेत्रमा स्थापित हुन योगदान गर्नुपर्ने र धरातल बुझ्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै नेता सिंहले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै दलको बहुमत आउन मुस्किल भएको जिकिर गरे । जनताले नै मिलीजुली सरकार बनाउने म्याण्डेट दिएको अवस्थामा दलहरू पनि त्यसै अनुसार अघि बढ्नुपर्ने उनले बताए ।

नेता सिंहले आफूले निर्वाचनमा उठ्दा जनतासामू गरेका प्रतिबद्धताहरूलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।


Author

थप समाचार
x