दल

ज्ञापनपत्र लिएर चित्रबहादुर केसी बालुवाटार जाँदै

इकागज |
फागुन ५, २०७९ शुक्रबार ८:९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापन पत्र बुझाउन लागेको छ । 

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर  ज्ञापनपत्र बुझाउन लागेको हो ।


प्रधानमन्त्री निवास वालुवाटारमा ज्ञापनपत्र बुझाउनका लागि जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने जान लागेको जनमोर्चाले जनाएको छ । 


Author

थप समाचार
x