दल

माओवादी पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु

इकागज |
फागुन ८, २०७९ सोमवार १७:३८ बजे

फाइल तस्बिर

काठमाडौं- महत्वका साथ हेरिएको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ ।

भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरूबीच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।


गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको विषय उठान गरेपछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ ।

यही बेला बस्न लागेको माओवादी पदाधिकारी बैठक प्रति सबैको नजर पुगेको छ । माओवादी पदाधिकारीको बैठकको यतिबेला निकै प्रतिक्षा गरिराखिएको छ ।

सो बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल विशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थिति प्रकट भएको छ भने सोही विषयलाई लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारी गर्ने दलहरू एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने विषय झन अन्यौल हुन पुगेको छ ।

पोखरा पार्टी कार्यक्रममा सहभागी हुन गएका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरवारस्थित कार्यालयमा भेटघाट गरेर पदाधिकारी बैठकमा गएका छन् ।


Author

थप समाचार
x