दल

राष्ट्रपतिमा राष्ट्रिय सहमति खाेज्ने माओवादी पदाधिकारी बैठककाे निर्णय

इकागज |
फागुन ८, २०७९ सोमवार १८:४५ बजे

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिने भएकाे छ ।

साेमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकाे पदाधिकारी बैठकले उक्त निर्णय गरेकाे पार्टी प्रवक्ता तथा उपाध्यक्ष कृष्णबहादुर महराले बताए । यस्तै राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खाेज्ने निर्णय पनि गरेकाे उनले बताए । तर, पार्टीको तर्फबाट राष्ट्रपतिकाे उम्मेदवार काे बन्छ भन्ने टुंगाे लाग्न बाँकी छ ।


उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताए ।


Author

थप समाचार
x