दल

मेटमणि चौधरी भन्छन्- भ्रममा नपरौं, राष्ट्रपतिको विषयमा कुनै प्रस्ताव आएको छैन

इकागज |
फागुन ९, २०७९ मंगलबार १२:१४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सचिव तथा सांसद मेटमणि चौधरीले राष्ट्रपतिको विषयमा कुनै पनि आधिकारिक प्रस्ताव नआएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले बजारमा हिजोदेखि राष्ट्रपतिको विषयमा चर्चा भए पनि अहिलेसम्म कुनै पनि आधिकारिक प्रस्ताव नआएको दाबी गरेका हुन् ।


‘भ्रममा नपरौ । हिजोदेखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट,’ उनले लेखेका छन्,’ समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ ।'

सचिव चौधरीले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन् । मिडियामा आएका कुनै पनि समाचारमा आधिकारिकता नरहेको उनले प्रस्ट पारेका छन् ।

पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति प्रस्ताव गरेको समाचारहरू आएका छन् । 

 

 


Author

थप समाचार
x