दल

पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ : माधव नेपाल

इकागज |
फागुन ९, २०७९ मगलवार १४:२२ बजे

बुटवल- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक पदहरूमा पदीय बाँडफाँटमा शक्ति सन्तुलन मिलाउनु पर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा संचारकर्मीहरूसँग कुरा गर्दै नेपालले राष्ट्रपतिको विषयमा पनि त्यो लागू हुने बताए । उनले भने, 'पावर सेयरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ । पावर सेयरिङमा भूमिका नभए अरूका निम्ति मात्रै हामी बलिदान हुने, अरूले त्यसको फाइदा उठाउने कुरा हुन सक्दैन ।’


उनले गत मंसिर ४ गतेको चुनावअघि नै तत्कालीन सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रसँग आफूले राष्ट्रपतिबारे कुरा गरेको उल्लेख गरे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई भेटेर राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा भइरहेका बेला नेपालले आफूसँग कुरा गर्न चाहने सबैसँग कुरा भइरहेको जिकिर गरे ।

‘तर मूल्य, मान्यता र आदर्शलाई त्यागेर कुनै किसिमको सहमति, सम्झौता सम्भव छैन,’ उनले भने । अध्यक्ष नेपाल अहिले सो पार्टीले आयोजना गरेको पार्टीको प्रदेश बैठकमा भालुवाङमा छन् ।
 


Author

थप समाचार
x