दल

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

इकागज |
फागुन २४, २०७९ बुधबार १८:२४ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्र लिङदेनले जानकारी दिए ।


राष्ट्रपतिका दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरूबाट निष्पक्ष र राष्ट्रको अविभावकीय भूमिका निर्वाह नहुने देखेपछि हामीले सो निर्वाचनमा तटस्थ बस्न उपयुक्त हुने निष्कर्ष निकालेको उनको तर्क थियो ।

फागुन २५ गते (भोलि) राष्ट्रपति पदको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवाष नेम्वाङले उम्मेदवारी दिएका छन् ।


Author

थप समाचार
x