दल

उपराष्ट्रपतिको उम्मेदवार छान्‍न जसपाले बोलायो बैठक

इकागज |
फागुन २५, २०७९ बिहीबार ७:५७ बजे

काठमाडौँ- जनता समाजवादी पार्टी जसपा नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो ३ बजे बस्ने जसपा प्रचार विभागले जनाएको छ।  

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।



Author

थप समाचार
x