दल

कांग्रेस-एमाले एक ठाउँमा नआउने भनेर कसम खाएका छैनौँः अध्यक्ष ओली

इकागज |
फागुन २५, २०७९ बिहीबार १३:५७ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनपछि नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बन्न सक्ने संकेत गरेका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले राजनीतिमा रानीतिमा जे पनि हुनसक्ने बताए । राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउनसक्ने उनको भनाइ थियो । ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन भन्छन् नि, त्यही हो,' उनले भने, 'एक ठाउँमा नआउने भनेर कसम आएको छैन ।'

उनले सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित र स्वाभिमान, लोकतन्त्रको रक्षा र जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने,संविधानको रक्षक र पालकको हिसाबले देशको अभिभावकको भूमिका वहन गर्नसक्ने राष्ट्रपति आवश्यक रहेको बताए । 


यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरू संकीर्ण स्वार्थ बोकेकाहरूले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतीय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भए पनि पुज्ने बानी परेका र संकीर्णताका काम गर्नेहरूले देशका लागि अडेर काम गरे भनेर विरोध भएको उल्लेख गरे। 

अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रूपमा काम गरेको दाबी गरे । 
 


Author

थप समाचार
x