दल

जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

इकागज |
फागुन २५, २०७९ बिहीबार १७:२२ बजे

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले नेता यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको जसपा प्रवक्ता मनिस सुमनले इकागज जानकारी दिए । 


यादवलाई उपराष्ट्रपतिमा ८ दलीय सत्तागठबन्धनले समर्थन गर्ने सहमति यसअघि नै भइसकेको छ । 

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गतेलाई तोकिएको छ । 


Author

थप समाचार
x