दल

उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउन सत्ता गठबन्धनको बैठक सुरु (तस्बिरहरू)

इकागज |
फागुन २७, २०७९ शनिवार ९:२६ बजे

बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपस्थित नेताहरू । तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । 


आगामी चैत्र ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले दाबी गरिरहेका छन् । यो बैठक उपराष्ट्रपतिको उम्मेदवार टुंग्याउने बताइएको छ ।

शुक्रबार निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि राष्ट्रपतिको भन्दा फरक लिङ्ग वा समूदायको उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचन अधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिङ्ग वा समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ । 

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ ।


Author

थप समाचार
x