दल

रामसहायलाई समर्थन गर्दै प्रमिलाले फिर्ता लिइन् उम्मेदवारी

इकागज |
फागुन २९, २०७९ सोमबार १४:५ बजे

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । पार्टीकै तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्।

सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो सङ्घर्ष र त्याग गरेको स्वच्छ छवि र उच्च विचारका रामसहायलाई समर्थन गर्नका साथै सहयोग गर्न  पनि सबैलाई आग्रह गरेकी छन् ।


‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहनुभएका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ । यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
 


Author

थप समाचार
x