दल

तीन मन्त्रालयमा एकीकृत समाजवादीको दाबी, गृहमा पहिलो प्राथमिकता

समाजवादीका उपाध्यक्ष पाण्डे भन्छन्- डेढ वर्ष माधव नेपाल प्रधानमन्त्री

इकागज |
चैत ३, २०७९ शुक्रबार १२:४१ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरूको पहिलो प्रथमिकतामा गृह मन्त्रालय रहेको बताएका छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन पुगेका उपाध्यक्ष पाण्डेले सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो पार्टी सरकारमा जाँदा तीन वटा मन्त्रालय दाबी गर्ने बताए ।  

आफूहरू गठबन्धनमा चौथो दल भएकोले पहिलो प्राथमिकता गृहलाई दिने उनको भनाइ छ । ‘अहिलेसम्म पार्टीमा कसले नेतृत्व गर्ने र कति मन्त्रालय लिने भन्नेबारेमा खास छलफल भएको छैन,' उनले भने, 'तर, हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्नेगरी दाबी गर्छ । राष्ट्रपति कांग्रेसले, उपराष्ट्रपति जसपाले, माओवादीले प्रधानमन्त्री रोज्यो । अहिलेको समीकरणभित्रको चौथो ठूलो दल भएकाले पहिलो प्राथमिकता हामीले गृहलाई नै दिन्छौं ।’


उनले पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष चलाउने दाबी गरे । 


Author

थप समाचार
x