दल

मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल : ओली

इकागज |
चैत ३, २०७९ शुक्रवार २०:८ बजे

फाइल फोटो

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न सरकार असफल भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले खुलेआम राष्ट्रविरोधि, देशद्रोही कुरा गरेर हिडिरहँदा पनि सरकारले मुलुकको शान्ति सुव्यवस्था कायम गर्न नसकेको बताएका हुन् । 


उनले देशलाई नै विदेशीसामु बुझाउनुपर्ने अभिव्यक्ति दिएर एक हुल मान्छे हिँड्दा सरकारले नसुनेको उल्लेख गरे । देशको सन्तान भन्न पनि नसुहाउने देशद्रोही कुरा गरेर हिँड्नेलाई तत्काल नियन्त्रणमा लिनुपर्ने भन्दै ओलीले मुलुक विरोधी अभियान जारी रहे जनताले प्रतिवाद गर्नुपर्ने अवस्था आउने धारणा राखे । 

उनले एमाले सरकार छाडेपछि मुलुकको अर्थतन्त्र, सामाजिक र राजनीतिक अवस्था तहसनहस भएको बताए । ओलीले अहिले ऊर्जा व्यापार भन्दा पनि स्वदेशमा नै अत्यधिक खपतमा ध्यान दिनुपर्ने बताए । 


Author

थप समाचार
x