दल

सत्तारुढ दलहरू छिट्टै सरकार विस्तार गर्न सहमत

इकागज |
चैत ८, २०७९ बुधबार २०:१७ बजे

फाइल फोटो

काठमाडौँ - सत्तारुढ दलहरूले सरकार विस्तार गर्ने सहमति गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनीहरू सरकार विस्तार गर्न सहमत भएका हुन् । बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । 

बैठकमा मन्त्रीहरूको भागबन्डाबारे भने कुनै छलफल नभएको उनले बताए ।


बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।


Author

थप समाचार
x