दल

रास्वपाले उपनिर्वाचनमा चुनावी तालमेल नगर्ने, तोक्यो उपनिर्वाचन कमाण्डर

इकागज |
चैत १०, २०७९ शुक्रबार १६:५६ बजे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा कसैसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय पार्टी कार्यालय बसुन्धारामा बसेको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचन आफ्नै बलबुतामा लड्ने निर्णय गरेको पार्टी महामन्त्री मुकुल ढकालले जानकारी दिए । 

बैठकले उपनिर्वाचन कमाण्डर पनि तोकेको महामन्त्री ढकालले बताए । ‘बैठकले तनहुँमा कविन्द्र बुर्लाकोटी, चितवनमा पार्टी उपसभापति डोलप्रसाद अर्याल र बारामा गणेश कार्कीलाई कमाण्डर तोकेको छ,’ उनले इकागजलाई बताए । 


त्यस्तै, पार्टीले छिट्टै उम्मेदवार पनि चयन गर्ने उनले जानकारी दिए । ‘हाम्रो पार्टीको उम्मेदवार तय गर्ने प्रक्रिया अरुको भन्दा फरक छ । पार्टीमा जोसुकैले पनि उम्मेदवार बन्ने चाहना व्यक्त गर्न सक्छन् । त्यसका लागि हामीले एउटा प्रक्रिया बनाएको छौँ,’ उनले भने, ‘त्यो एकैछिनपछि सार्वजनिक हुँदैछ ।’
 


Author

थप समाचार
x