दल

उपनिर्वाचन

राप्रपाले तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने

इकागज |
चैत १४, २०७९ मंगलबार ६:३६ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ । हिजो पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ । चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको छ । कमाण्डरहरूले तोकिएको निर्वाचन क्षेत्रमा आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने बताइएको छ । 


उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी पार्टीको केन्द्रीय समिति बैठकको तयारीलगायत पार्टीका साङ्गठनिक र विविध विषयमा पनि आजको पदाधिकारी बैठकमा छलफल भएको सो पार्टीले जनाएको छ ।
 


Author

थप समाचार
x