दल

तत्काल एमाले छोड्ने मनस्थितिमा छैन : भीम रावल

इकागज |
चैत १४, २०७९ मंगलबार ११:५८ बजे

कैलाली - नेकपा एमालेका नेता भीम रावलले तत्काल एमाले छोड्ने मनस्थितिमा आफू नरहेको बताएका छन् । आज धनगढीमा पत्रकारहरूको भेटघाटमा उनले एमाले बाहेकको पार्टीको कल्पनासम्म आफूले नगरेको बताउँदै ५० वर्षसम्म हिँडेको गन्तव्य परिवर्तन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

‘तपाईं अहिले पार्टीको कुनै भूमिकामा हुनुहुन्न, कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी सहितको नेताहरूको भेलालाई सम्बोधन गरेर आउनुभएको छ, के एमाले छोड्न लाग्नु भएको हो ?’ पत्रकारको प्रश्नमा रावलले भने, ‘म अहिलेसम्म नेकपा एमालेको सदस्य हुँ । तँ नेकपा एमालेको सदस्य बन्न पाउँदैनस् किनभने तैँले राष्ट्रियताको कुरा उठाउन थालिस्, पार्टीमा विधि पद्धतिको कुरा गर्छस् भनेर घचेट्या-घचेट्यै गरे भने त्यति बेला नेकपा एमालेका इमानदार कार्यकर्ता, जनतासँग सोध्नेछु– त्यति बेला किन घचेटिमाग्ने, उभिनुस् भन्यो भने म उभिएर नयाँ पाइला चाल्न पनि सक्छु ।’


उनले अन्तिमसम्म पनि एमालेमै रहने प्रयास जारी गर्ने बताए ।

एमाले नेता रावलले उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरू कार्यकर्ता भड्काउन अछाम पुगेको आरोप समेत लगाएका छन् । कार्यक्रममा उपाध्यक्ष पौडेलले आपत्तिजनक अभिव्यक्ति राखेपछि इमान्दारर कार्यकर्ताले प्रतिकार गरेको बताए । 


Author

थप समाचार
x