दल

मन्त्रीको नाम टुंगो लगाइने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

इकागज |
चैत १६, २०७९ बिहिवार ६:३७ बजे

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । ​पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो ।

‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बिहीबार बिहान ११ बजे बस्ने छ,’ केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ ।


यसअघि गत मंगलबारका लागि बोलाइएको बैठक दुई दिनपछि सारिएको हो । 

 

 

 


Author

थप समाचार
x