दल

एमाले उपाध्यक्ष विष्णु पौडेल भन्छन्-

'भीम रावलले आत्मालोचना नगरे पार्टीले उचित निर्णय लिन्छ'

इकागज |
चैत १७, २०७९ शुक्रबार १२:१५ बजे

कैलाली - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रालवलले पार्टी हितविपरीत कार्य गर्दै आएको आरोप लगाएका छन् । शुक्रबार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पौडेलले रावल आफू गल्तीमाथि गल्ती गर्दै आउने र उल्टै पार्टीका जिम्मेवार व्यक्तिलाई निराधार आरोप लगाउँदै आएको बताएका हुन् । पौडेल एमालेको नीति, अनुशासन, विधि र निर्णयलाई भीम रावलले नमानेको बताए ।

एमालेका उपाध्यक्षसमेत रहेका पौडेलले रावलले पार्टीको अनुशासनविपरीत र पार्टीविरुद्ध बोल्दै आएको, पार्टीका निर्णय नमानेको र पार्टीलाई कमजोर पर्ने गतिविधि गर्दै आएका बताए।


भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएका उपाध्यक्ष पौडेलले बताए। भीम रावललाई गल्ती स्वीकार गर्न र क्षमा माग्न उनले आग्रहसमेत गरेका छन्। पार्टीको सल्लाकार परिषद्को सदस्यको भूमिका पनि उलंघन गरेको पौडेले बताए। 

रावलले चितवन महाधिवेशनबाट निर्वाचित पार्टी नेतृत्वविरुद्ध काम गर्दै आएको भन्दै पौडेलले आत्मालोचना नगरे पार्टीले ‘उचित निर्णय’ लिने बताए ।


Author

थप समाचार
x