दल

जनमत पार्टी मन्त्री पदको भोको होइन : सिके राउत

इकागज |
चैत १७, २०७९ शुक्रबार १७:१६ बजे

फाइल फोटो

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले जनमत पार्टी कुनै मन्त्री पदको भोको नभएको बताएका छन् । उनले जनताको वाचा अनुसार सेवा दिन नसके पदमा टाँसिरहनुको औचित्य नरहेको बताएका हुन् । उनले आज ट्विट गर्दै मन्त्री अब्दुल खानले मन्त्री पदबाट राजीनामा दिएर सो कुरा पुष्टि गरेको समेत बताए । 

उनले लेखेका छन्, 'मा. अब्दुल खानलाई धेरै धेरै बधाई छ - उहाँले  राजीनामा दिएर साबित गर्नुभएको छ कि जनमत पार्टी कुनै मन्त्री पदको भोको होइन। हामी जनताका सेवक हौं। जनतासँग गरेको वाचा अनुसार सेवा दिन सके पदमा बस्ने हो, कामै गर्न सकिएन र जनताको वाचा पूरा गर्न सकिएन भने टाँसिरह्नुको औचित्य हुँदैन।'


जनमत पार्टी आज सरकारबाट बाहिरिएको छ । खोजेको मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको बताइएको छ । जनमत पार्टीका अध्यक्ष राउतले पटक पटक आफूहरूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अथवा कृषि मन्त्रालय दिन माग गरेका थिए । उक्त मन्त्रालय नपाएपछि जनमत पार्टीबाट मन्त्री बनेका खानले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आजै राजीनामा दिएका छन् ।


Author

थप समाचार
x