दल

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

इकागज |
चैत १९, २०७९ आइतबार ११:० बजे

काठमाडौं - सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रबन्ध गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 

सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहारगरी सहिद घोषणा गरेकोमा उनीहरूले प्रधानमन्त्रीलाई धन्यवाद दिएको प्रधान्मन्त्रीको सचिवालयले जनाएको छ । 


भेटमा प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए।

*सम्पादन गरिएको ।
 


Author

थप समाचार
x