दल

राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकास सम्भव छैन : महासचिव पोखरेल

इकागज |
चैत १९, २०७९ आइतबार १७:२८ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरी दिगो विकासको आधारशिला तयार गर्न नसकिने बताएका छन् ।

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने उल्लेख गरे । उनले एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने दाबी गरे ।


महासचिव पोखरेलले नेपाली कांग्रेससहितको ५ दलीय गठबन्धन हुँदा मुलुकमा अवैध अर्थतन्त्र प्रोत्साहित गर्ने, कालोबजारी, तस्करी लगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको बताए ।

महासचिव पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताए ।


Author

थप समाचार
x