दल

संघीयता कार्यान्वयनमा आनाकानी भयो : उपमहासचिव गुरुङ

इकागज |
चैत १९, २०७९ आइतबार १८:२६ बजे

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयतामाथि खुल्लमखुल्ला हमला भइरहेको बताएका छन् ।

आइतबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमालेले भनेको आधारमा नै सात वटा प्रान्तमा आधारित मुलुकमा संघीय शासन संरचना बनेको उल्लेख गरे । उनले संघीयता कार्यान्वयन गर्न आज फेरि आनाकानी भइरहेको दाबी गरे ।


संघीयता विरोधीहरूले संघीयताविरुद्धमा नारा लगाइरहेको भन्दै उपमहासचव गुरुङले यसको यथोचित जवाफ दिन सक्नुपर्ने बताए । उनले संघीयताको उचित ढंगले कार्यान्वयन हुनुपर्ने जिकिर गरे । उनले संघीयतामाथि प्रश्न उठाउने र प्रदेशको अधिकार खोस्ने कुरा सह्य नहुने चेतावनी समेत दिए ।

उपमहासचिव गुरुङले संघीयता विरोधीहरूलाई यथोचित जवाफ दिन तयार रहनुपर्ने बताए ।


Author

थप समाचार
x