दल

उपनिर्वाचन

कांग्रेस महाममन्त्री थापा तनहुँ र विश्वप्रकाश चितवन पुग्‍ने

इकागज |
चैत २०, २०७९ सोमबार ७:२६ बजे

काठमाडौं - नेपाली कांग्रेसका दुई महामन्त्री निर्वाचन क्षेत्रमा नै पुग्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार महामन्त्री गगन थापा तनहु–१ मा हुने उम्मेदवार मनोनयनमा सहभागी हुनेछन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्मा चितवन–२ मा हुने मनोनयन दर्तामा सहभागी हुनेछन् ।

उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।


कांग्रेसले तनहु–१ मा गोविन्दराज भट्टराईलाई उम्मेदवार बनाएको छ भने चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

बारा–२ मा भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन जनाउने निर्णय गरेको छ ।


Author

थप समाचार
x