दल

बारा-२ मा एमालेले बनायो पुरुषोत्तम पौडेललाई उम्मेदवार

इकागज |
चैत २०, २०७९ सोमवार ८:१४ बजे

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।

बारा क्षेत्र नम्बर २ मा चुनाव जितेका रामसहाय यादव उपराष्ट्रपति भएपछि उक्त स्थानमा चुनाव हुन लागेको हो ।



Author

थप समाचार
x