चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता
काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।
यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।
वैशाख १० गते एकैसाथ तीन ठाउँमा उपनिर्वाचनहुने भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई आफ्नो उम्मेदवारी बनाएको छ ।
यसअघि भएको निर्वाचनमा चितवन २ बाट लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया