दल

लेखराजको घरमा पुगे प्रचण्ड

इकागज |
चैत २६, २०७९ आइतबार ११:४३ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न आइतबार धनगढी ओर्लिएका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गोदावरी नगरपालिका–१ अत्तरियास्थित एमाले सुदूरपश्चिम इन्चार्ज भट्टको निवासमा पुगेर भेटेका हुन् । भट्ट निवासमै प्रधानमन्त्री प्रचण्ड र नेता भट्टबीच भेटघाट भएको हो ।

भट्ट माओवादी पृष्ठभूमिका नेता हुन् । कुनै बेला सुदूरपश्चिममा प्रचण्डका विश्वास पात्र मानिने भट्ट अहिले एमालेमा छन् ।



Author

थप समाचार
x