दल

लेखराजको घरमा पुगेर प्रचण्डले भने- ४० वर्षदेखिको सम्बन्ध भएकोले आफ्नै ठानेर आएँ

इकागज |
चैत २६, २०७९ आइतबार १२:२९ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेको बताएका छन् । आज बिहान कैलालीको अत्तरियास्थित भट्टको निवासमा पुगेका प्रचण्डले आफ्नै घरजस्तो लागे आफू भट्टको घर पुगेको बताएका हुन् । 

भेटघाटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भट्टसँग समसामयिक विषयमा समेत छलफल गरेको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ,' उनले भने, 'त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ । बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो ।'



Author

थप समाचार
x