दल

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय समितिको एजेण्डा तय गरिने

इकागज |
बैशाख २६, २०८० मंगलबार ७:४ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज आज बस्दैछ ।   

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेण्डाका बारेमा छलफल हुनेछ । सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेण्डा तय हुनेछ ।


एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुँदैछ । 

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसद्‌मा नीति तथा कार्यक्रम र बजेटलगायतका बिषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौँमा सारिएको थियो ।

गत मंसिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका एजेण्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।  
 


Author

थप समाचार
x