दल

टोपबहादुरप्रति भनेका शब्दहरूलाई माननीय खोजी गरेको रुपमा लिन रायमाझीको आग्रह

इकागज |
बैशाख २६, २०८० मंगलबार ११:३८ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीप्रति भनेका शब्दहरु देशको माननीय हराएका कारण खोजी गरेको रुपमा लिन आग्रह गरेका छन् । मंगलबार बसेको राष्ट्रिय सभाको बैठमा समय माग गरी बोल्दै उहाँले उनले यस्तो स्पष्टीकरण दिएका हुन् । 

उनले आफूले वैशाख २४ गतेको बैठकमा बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झट्केलो छोरोको रुपमा भनेपनि आफ्नै छोरो हो भनिदिएको भए झनै राम्रो हुने रहेछ भन्दै व्यंग्य गरे । 


उनले भने,  ‘मैले अस्ति बोल्ने क्रममा देशको माननीय हराएको र सरकारले माननीयलाई खोजिरहेको र बन्धु भएको कारणले धेरै चासो राखेको हो मैले । यो विषयमा उहाँहरुले आफ्नै सन्तान बनाउन हिजो साथीहरुले भन्नुभयो, मैले
उहाँहरुको आफ्नै सन्तान हो, झट्केलो होइन भनेको भए खुशी हुनुहुन्थ्यो, त्यसकारण पनि एउटा माननीय सूचना नदिनकन, काठमाडौं आउँदै गरेको माननीय न देश भित्र न देश बाहिर जानकारी नहुँदा खोजि गरेको हो । यसमा उहाँहरुले आपत्ति जनाउनु भयो, यसमा हाम्रै सन्तान हो भनेकोमा धन्यवाद छ ।’

राष्ट्रिय सभा सदस्य रायमाझीले सांसद रायमाझीलाई प्रतिपक्षले आफ्नै छोरो बनाएको बताए । 


Author

थप समाचार
x