दल

खाण पक्राउ परेपछि रवि लामिछानेको प्रतिक्रिया : धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू

इकागज |
बैशाख २७, २०८० बुधबार १०:४२ बजे

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद दिएका छन् । बुधबार बिहान मैजुवहालस्थित आफ्‍नै निवासबाट खाण पक्राउ परेपछि लामिछानेले धन्यवाद दिएका हुन् ।

'धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्रीज्यू, धन्यवाद प्रधानमन्त्रीज्यू' लामिछानेले फेसबुकमा लेखेका छन् ।


उनले यो शिलशिला कुनै हालतमा नरोक्‍न आग्रह गरेका छन् । 'यो शिलशिला नरोकियोस्' लामिछानेले लेखेका छन् 'कुनै हालतमा नरोकियोस् ।'

केही समयअघि उनले भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूमाथिको अनुसन्धान फितलो भएको बताएका थिए ।

'शीर्ष नेताहरूको तीब्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्कविहीन, नाम आएकाहरूमाथिको अनुसन्धान फितलो !!! खबरदार, अनुसन्धानको लहरोले ठूला नेता र तिनका  सन्तानको 'जगजाहेर  तान्डव'लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन' उनले लेखेका थिए 'यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !!'

र,यो पनि


Author

थप समाचार
x