दल

कांग्रेस पदाधिकारी बैठक

अदालतको फैसलापछि मात्रै बालकृष्ण खाणलाई कांग्रेसले कारबाही गर्ने

इकागज |
बैशाख २८, २०८० बिहीबार १९:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धानका लागि पूर्ण रूपमा सहयोग गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठकले तटस्थ भएर निष्पक्ष अनुसन्धानका लागि नक्कली भुटानी शरणार्थी प्रकरण सहयोग गर्ने निर्णय गरेको हो ।


बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले यस प्रकरणका विषयमा अदालतले गर्ने निर्णयलाई आधार मानेर आगामी दिनमा आवश्यक निर्णय गर्ने भन्दै अहिले नै बालकृष्ण खाणलाई कारवाही गर्ने कुनै निर्णय नभएको बताए ।

उनले अनुसन्धानको दायरामा जो सुकै पनि आउन सक्ने बताए । यस प्रकरणका विषयमा सत्ता गठबन्धनलाई कुनै असर नपर्ने उनको भनाइ छ ।

त्यस्तै बैठकमा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नका लागि वातावरण बनाउने विषयमा छलफल भएको परियारले बताए ।

बैठकले नीति अधिवेशन गर्नुभन्दा अघि भ्रातृ संगठनलाई पूर्णता दिने विषयमा पनि छलफल भएको उनले जाना‍कारी दिए । बैठकमा कोशी प्रदेश सरकारका विषयमा पनि गम्भीर रूपमा छलफल गरेर केन्द्रको सरकारसँग तालमेल गर्ने भन्ने विषयमा छलफल भएको परियारले बताए ।


Author

थप समाचार
x