दल

भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

इकागज |
बैशाख २९, २०८० शुक्रबार १५:११ बजे

काठमाडौँ- राप्रपाले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापनपत्र बुझाएको छ । केन्द्रका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको छ ।

राप्रपाले २०४६ पछिका सबै उच्च पदस्थ नेताकाे सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत गरियोस् भन्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।


संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए । तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो’ भन्दै आएका छन् ।


Author

थप समाचार
x