दल

नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र

इकागज |
जेठ ८, २०८० सोमबार २०:० बजे

पोखरा- नेपाल प्रेस युनियन कास्की अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन् । संघको १० औं अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

उपाध्यक्ष (खुला) विजय लम्साल, उपाध्यक्ष (महिला) ज्योति हमाल, सचिवमा धनबहादुर गुरुङ ‘सुमन’ निर्वाचित भएका छन् । सहसचिव सपना अधिकारी र कोषाध्यक्ष नीराजन अधिकारी सर्वसम्मत भए ।


सदस्यमा अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रवीण थापा, प्रतिभा सापकोटा, बलबहादुर रोका मगर, देवीका तामाङ र सविन विक छन् । आइतबार सुरु भएको संघको अधिवेशनमा सर्वसम्मत प्रयास नभएपछि सोमबारसम्म सरेको हो ।


Author

थप समाचार
x