दल

संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्छ : विराजभक्त श्रेष्ठ

इकागज |
जेठ १२, २०८० शुक्रबार १८:२४ बजे

काठमाडौँ- ​राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले संसदमा आधार र प्रमाणका आधारमा बोल्नुपर्ने बताएका छन् । शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले यस्ताे बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षको सांसदले नै भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्नु सुसंस्कृत अभ्यास भएको बताए । उनले एकअर्कालाई हिलो छ्यापेर फुत्किने भन्दा पनि आधारसाथ बोल्नुपर्ने उल्लेख गरे । 


उनले भने, ‘पूर्वप्रधानमन्त्री जस्तो मान्छेलाई त्यो कुरा आइसकेपछि उहाँहरूले पार्टीगत हिसाबले त्यो कुरालाई माग राखेर हामीले सकारात्मक हिसाबले के लिएका छौँ भने, उहाँहरूले माग के गर्नुभएको छ, डाडुपन्यु तपाईँहरूकै हातमा छ, सरकारमा तपाईँहरू नै हुनुहुन्छ भनेपछि छानबिन गर्नुस् । सत्यतथ्य आउँदाखेरी त्यसको जसले सत्तापक्षमा बसेर सोध्नुभएको छ, उहाँहरूले नै त्यसको जवाफ दिने तरिकाले । मलाई सु–संस्कृत अभ्यास यही हो जस्तो लाग्छ । हिलो छ्यापाछ्याप गर्ने त्यहाँबाट फुत्किने होइन कि केही कुरा बोलेको छ भने त्यसको आधार पनि हुनुपर्याे ।'

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद् अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरे । उनले एमालेले आज संसद् अवरुद्ध गर्नु आवश्यक नभएको बताए । उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने जिकिर गरे ।


Author

थप समाचार
x