दल

रास्वपा महामन्त्री ढकालले हाले ढाकाकुमारविरुद्ध मानहानीको मुद्दा

इकागज |
जेठ १५, २०८० सोमबार १४:२९ बजे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानीको मुद्दा दर्ता गराएका छन् । सोमबार ढकालले रास्वपाका पूर्व सांसदसमेत रहेका श्रेष्ठविरुद्ध मुद्दा दर्ता गराएका हुन् । 

ढकालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफूलाई भएको अन्यायविरुद्ध कानुनी उपचार प्रयास गरेको छु ।’


श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउन महामन्त्री ढकाल र रास्वपा उपसभापति डोलप्रसाद अर्यालले २ करोड ७६ लाख पैसा लिएको आरोप लगाएका थिए ।


Author

थप समाचार
x