दल

बजेट समग्रमा राम्रो छ : प्रमुख सचेतक शाही

इकागज |
जेठ १५, २०८० सोमबार २०:० बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । उनले बजेट राम्रो आइरहँदा कार्यान्वयनको चुनौती रहेको बताए ।

उनले जडीबुटी लगायत कृषिमा बजेट राम्रो आएको जिकिर गरे । उनले भने, ‘बजेट ठीकै छ, कार्यान्वयनको पक्ष हुन्, यसलाई सबलका साथ अघि बढाउनुपर्छ । जडीबुटीको कुरा राम्रो आएको छ, उत्पादनका हिसाबले । आर्थिक संकटलाई समाधान गर्ने गरी आएको छ । सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु उचित होइन ।’


प्रमुख सचेतक शाहीले सांसदलाई निर्वाचन क्षेत्रका लागि ५ करोड छुट्याउनु आवश्यक नभएको र आर्थिक संकटलाई समाधान गर्ने गरी बजेट आएको बताए ।


Author

थप समाचार
x