दल

एमाले बैठक

एमालेले सातै प्रदेशका इन्चार्जहरू तोक्यो

इकागज |
जेठ १९, २०८० शुक्रबार १९:२५ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सातै प्रदेशका इन्चार्जहरू तोकेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जका रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जका रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जका रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जका रूपमा गोकर्ण बिष्ट, मधेस प्रदेश इन्चार्जका रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जका रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो ।


त्यस्तै बैठकले पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखका रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ भने प्रचार तथा प्रकाशन विभागको संयोजकका रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।


Author

थप समाचार
x