दल

राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्ने

इकागज |
जेठ २६, २०८० शुक्रवार ७:१० बजे

काठमाडौँ- राप्रपा नेपालका जनबर्गिय संगठनहरूले संयुक्त रुपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र संघीयताको खारेजी र हिन्दराष्ट्रको माग राखी आज काठमाडौँमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

दिउँसो २:०० बजे बबलमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । उनका अनुसार आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्नेसमेत उनले बताए । 


नेपाली भूमि सट्टापट्टा नितिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।


Author

थप समाचार
x