दल

राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा

इकागज |
जेठ २६, २०८० शुक्रबार १८:४७ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरूले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकता सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् । उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट वञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरि यसलाई टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिए ।


त्यस्तै अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको राष्ट्रिय, स्वतन्त्रता र स्वाभिमानको विरुद्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । नेपालको भूमि बंगलादेशको मोडेलमा जस्तै सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए । उनले आफ्नो भूमिको रक्षाको निमित्त जस्तोसुकै त्याग र बलिदान दिन तयार रहेको जिकिर गरे । उनले आपत्तिजनक अभिव्यक्ति फिर्ता दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

राप्रपा नेपालको प्रदर्शनमा राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’, लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । 


Author

थप समाचार
x