दल

एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

इकागज |
असार २३, २०८० शनिबार १८:५७ बजे

काठमाडौँ- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गरेका छन् ।

शनिबार समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । एमालेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर फसेको उनको दाबी थियो ।


उपाध्यक्ष पाण्डेले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री दाहालले राजीनामा दिन नपर्ने निर्णय लिएको समेत स्मरण गराए । 

एमालेले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री दाहालको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 
 


Author

थप समाचार
x