दल

आकस्मिक समयमा कसैलाई बोल्न रोकेका छैनौँ : एमाले प्रमुख सचेतक गिरी

इकागज |
साउन २९, २०८० सोमबार १७:३० बजे

काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदको आकस्मिक समयमा आफूहरू कसैलाई बोल्न नरोकेको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहे पनि सदनको आकस्मिक समयमा आफूहरूले कसैलाई बोल्न नरोकेको बताए ।

उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेको विरोधलाई अझै सशक्त बनाएर लैजाने उनले बताए । उनले सरकारका निकायहरूले गर्ने छानबिनले निष्कर्षमा पुर्याउन नसक्ने स्पष्ट पारे । मन्त्री र राजनीतिक नेतृत्वको संलग्नता बेगर भन्सारबाट सुन भित्रनै नसक्ने उनको भनाइ छ । 



Author

थप समाचार
x