दल

युवा संघ र अखिलले मंसिर ७ को विशेष कार्यक्रम तीनकुनेमा गर्ने

इकागज |
मंसिर ४, २०८० सोमवार २०:३१ बजे

काठमाडौँ- माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएपछि नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन् ।

नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विशेष कार्यक्रम तीनकुनेमा गरिने उनले सामाजिक सञ्जालमार्फत जनाएका हुन् ।


नेकपा एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ ।


Author

थप समाचार
x