दल

प्रचण्ड, ओली र गगनहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट त्रसित र आतंकित : कमल थापा

इकागज |
मंसिर १०, २०८० आइतवार ७:१७ बजे

फाइल फोटो

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेताहरु राजसंस्थाको पक्षमा देखिएको जनमतबाट आतंकित भएको बताएका छन् । उनले प्रचण्ड, ओली र गगनहरूको राजाप्रतिको धम्कीपूर्ण बर्बराहटले राजसंस्थाको पक्षमा देखिएको जनमतबाट उनीहरू त्रशित र आतंकित भएको बताएका हुन् । 

सामाजिक सञ्जाल एक्समा लेख्दै थापाले साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्न उनीहरुलाई आग्रह गरे ।  नत्र समयले निकै पछाडि छाड्ने उनको चेतावनी छ । 


उनले भने, 'उनीहरु साच्चिकै लोकतन्त्रवादी हुन भने जनभावनाको कदर गर्दै राजासहितको प्रजातन्त्र स्थापना गर्ने साहस देखाउन आग्रह अन्यथा समयले उनीहरुलाई पछाडी छोडनेछ ।' 

बिहीबार राजधानीमा व्यवसायी दुर्गा प्रसाईंले गरेको प्रदर्शन र शनिबार झापामा पूर्व राजालाई सहभागी गराएर कार्यक्रम गरेपछि नेताहरूले विभिन्न प्रतिक्रिया दिएका थिए । 


Author

थप समाचार
x